काठमाडौं । गत असोज २० गते हमासको आक्रमणमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।
इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको हो ।
तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका पदम थापा राजन फुलाराको शव पहिचान भएको छ । यस्तै प्रवेश भण्डारीको शव पनि पहिचान भएको छ ।
मृत्यु भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव ल्याइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।
आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको इजरायल सरकारले जानकारी दिएको दुताबासले जनाएको छ ।
हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ ।
डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ ।