काठमाडौं । काभ्रेमा भएको गाडी दुर्घटनामा ११ जना घाइते भएका छन् । नेकपा एमालेका नेताहरु सवार रहेको बा १४ च ७०७७ नम्बरको गाडी सडकमै ब्रेक फेल भइ पल्टिएको प्रहरीले जनाएको छ ।
गाडी दुर्घटनामा नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित ११ जना सामान्य घाइते भएका छन् ।
काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले दिएको जानकारीअनुसार गाडीमा १८ जना थिए भने ११ जना सामान्य घाइते भएका छन् ।
उनिसहित सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।