KhabarUjyalo

कांग्रेसले भोलि पार्टी कार्यालयमा चियापान तथा शुभकामना कार्यक्रम गर्दै

१० कार्तिक २०८०, शुक्रबार
कांग्रेसले भोलि पार्टी कार्यालयमा चियापान तथा शुभकामना कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन शनिबार चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरुको अवसरमा शनिबार दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, पत्रकार, कलाकार, उद्योगपतिलगायतलाई निमन्त्रणा गरिएको छ ।

यस्तै जिल्ला पार्टी कार्यालयमा पनि चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको

२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo