KhabarUjyalo

इजरायलमा मारिएका नेपालीको शव पहिचान गर्न आफन्तको डीएनए पठाइयो

१० कार्तिक २०८०, शुक्रबार
इजरायलमा मारिएका नेपालीको शव पहिचान गर्न आफन्तको डीएनए पठाइयो

काठमाडौँ। इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका ५ नेपालीको शव पहिचान गर्न आफन्तहरूको डीएनए पठाइएको छ। गत असोज २० गते हमास समूहको आक्रमणमा परी मारिएका ५ जना विद्यार्थीको पहिचान गर्न उनीहरूका आमा बुबाको डीनएन स्वाब इजरायल पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मारिएका १० जना मध्ये ५ जनाको पहिचान भएर शव नेपाल ल्याइ सकिएको छ । तर, शवको पहिचान गर्न नसकिने अवस्थामा रहेका ५ जनाको शव पहिचान गर्न आफन्तको डीएनए पठाइएको हो। आक्रमणपछि सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको आमा बुबाको समेत डीएनए स्वाब पठाइएको छ।

आक्रमणपछि सम्पर्कविहीन बनेका जोशीको अहिलेसम्म पत्ता लाग्न सकेको छैन। उनलाई हमास समूहले नै अपहरण गरेर लगेको हुनसक्ने आशङ्का गरिएको छ। तर, यकिन भने हुन नसकेको मन्त्रालयले जनाएको छ ।

आक्रमणमा परी विभिन्न देशका नागरिकहरू मारिएका छन्। उनीहरूको शव पहिचान गर्न निकै गाह्रो भएपछी इजरायलले आफन्तको डीएनए मगाएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo