KhabarUjyalo

मुगुमा घाटी रेटिएको अवस्थामा एकै परिवारका चार जनाको शव फेला

१० कार्तिक २०८०, शुक्रबार
मुगुमा घाटी रेटिएको अवस्थामा एकै परिवारका चार जनाको शव फेला

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चार जनाको शव फेला परेको छ ।

श्रीदेवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

 

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाटी रेटिएको अवस्थामा उनीहरूको शव फेला परेको हो ।

अहिले अहिले डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा ११ जना र स्थानीय प्रहरी चौकीबाट ४जनासहित १५ जनाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रजीअ थापाले बताए।

ज्यान गुमाउनेहरूमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो ।

श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo