KhabarUjyalo

गाडी ठक्करबाट गन्यापधुरामा पैदलयात्री देउवाको मृत्यु

९ कार्तिक २०८०, बिहीबार
गाडी ठक्करबाट गन्यापधुरामा पैदलयात्री देउवाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा गाडी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउवाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो।

हाल फरार रहेको सवारी साधनको खोजी गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo