KhabarUjyalo

बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड

९ कार्तिक २०८०, बिहीबार
बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड

बैतडी । अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् ।

डिलाशैनी-६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१-००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ । ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ । तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo