काठमाडौँ– नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १५ मा छनोट भएकी छन् ।
सोमबार रातीको एपिसोडमा उत्कृष्ट १५ मा छनोट भएकी हुन् ।
झापा हल्दिबारीमाकी मेनुका पौडेलले इन्डियन आइडलको अडिसन चरणमा शास्त्रीय भजन गाउँदै नेपाल र भारतमा भाइरल समेत भएकी थिइन् । जजको मन जित्दै उनले गोल्डेन माइक समेत जितेकी थिइन् ।
पछिल्लो एपिसोडमा समेत दमदार प्रस्तुति दिएकी मेनुकाको गायकीलाई जजले रुचाएका थिए । उनीहरूले यो प्रस्तुतिमा स्ट्यान्डिङ ओभेसन पनि दिए । मेनुकाले यो एपिसोडमा जजलाई उपहार समेत प्रदान गरेकी थिइन् ।
मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् । भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।