KhabarUjyalo

घरायसी तनाव झेल्न नसक्दा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

८ कार्तिक २०८०, बुधबार
घरायसी तनाव झेल्न नसक्दा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

इनरूवा। सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गए राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन्।

मृत्यु हुनेमा सप्तरी रूपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो।

घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरूवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo