म सम्झन्छु पिङ चढेको
चढन् नजाने नि चढ्न खोजेको
नभनी कयौं चोट लगाई घर फर्केको
कति मच्चिने पिङ आहा ! भन्दा भन्दै पिर्का फूस्केको
हेर न ! आज नि त्यो सम्झदा मन चै किन झस्केको ?
म सम्झन्छु बारी बारी दौडेको
घरी पान घरी चिडी भन्दै दक्षिणा हारेको
नपाऊने दक्षीणाको नी जिद्धि गरेको
सबै सँगै दही र चिऊरा खाएको
टिका थाप्ने दौडधूपमा पनि थकाई रहित दिन बितेको
म सम्झन्छु शीरमै जमरा अनि ढपक्क अक्षता निधारमा भरेको
आशीर्वाद कम मिलेर फेरी टिका लगाउन ढिप्पी गरेको
पालो मिचेरै भएनी छिटो टिका थाप्ने पर्यत्न गरेको
लडेर नि आथू नभनी दौडेको
म सम्झन्छु सबै दुःख मै अल्पबिराम लागेको
क्षणिक नै होस तर एकीकृत परिवार भेटेको
कसैले केही चाहन्छौ सोधे भने
म चाँही एक दिन चाहन्छु
न हिजो, न आज, न भोलि
म सधैं दशैँ चाहन्छु
आज भोली पर्सी हैन सबै दिनलाई दशैँ भन्न चाहन्छु
बूढा ज्यानले हेरेको छ छोरी को भरी निधार
खुसी नि यही दिन आउँछ नगरी कुनै बिचार
त्यसैले मलाई चाहिन्छ दशैँ बारम्बार
अन्जु कुवँर, धनगढी