KhabarUjyalo

इजरायलमा ज्यान गुमाएका ४ नेपालीको शव भोलि काठमाडौँ आइपुग्ने

४ कार्तिक २०८०, शनिबार
इजरायलमा ज्यान गुमाएका ४ नेपालीको शव भोलि काठमाडौँ आइपुग्ने

काठमाडौँ- हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीमध्ये चार जनाको शव भोलि आइतबार नेपाल ल्याइने भएको छ ।​

तेलअविवस्थित नेपाली दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै साे बारे जानकारी दिएकाे हाे ।

दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीकाे शव ल्याउन लागिएकाे हाे ।

सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको दूतावास जनाएकाे छ । दूतावासका  अनुसार इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौँसम्म पुग्ने व्यवस्था मिलाइएको छ ।

फ्लाइट डिटेलअनुसार भोलि बिहान काठमाडौँ आइपुग्नेछ । अन्य शव पहिचानको काम भइरहेको पनि दूतावासले जनाएकाे छ ।

यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि उसले भनेकाे छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo