KhabarUjyalo

काँग्रेस सभापतिको घरमा जुवा प्रकरण : इन्स्पेक्टर नेतृत्वमा छानबिन समिति गठन

३ कार्तिक २०८०, शुक्रबार
काँग्रेस सभापतिको घरमा जुवा प्रकरण : इन्स्पेक्टर नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । जुवाको खालबाट इप्रका हेकुलीका सइ भिमबहादुर रावतसहितको टोलीले पैसा लुटेको घटनामा छानबिन समिति गठन गरिएको छ ।

जिप्रका दाङको निर्देशनमा इप्रका तुलसीपुरले प्रहरी निरीक्षक नवचन्द्र मल्लको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा हवल्दार मधु केसी र जवान रामशंकर चौधरी छन् ।

इप्रका तुलसीपुरका इन्चार्ज डिएसपी ठाकुर पोखरेलका अनुसार छानबिन समितिलाई २ दुई दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

सइ रावतको नेतृत्वको प्रहरीले नेपाली काँग्रेस तुलसीपुर उपमहानगर समितिका सभापति सुरेश हमालको दंगिशरण ३ रावतगाउँ स्थित घरबाट कात्तिक १ गते राति जुवा लुटेको आरोप लागेपछि छानबिन समिति गठन गरिएको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo