KhabarUjyalo

बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

३ कार्तिक २०८०, शुक्रबार
बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

बझाङ ३ कार्तिक/ बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ खोरी स्थित कच्चि सडक खण्डमा जिप दुर्घटना भएको हो ।

भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको सु।प।प्र। ०१००१ ज १२६६ नम्बरको जिप आज बिहान १० ३० बजेतीर बे्रकफेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिपमा आठ जना सबार रहेको भएपनि ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा छबिसपाथिभेरा गापालिका वडा नं-७ बड्खोरीका २५ बर्षिय ईनार महत, ३० बर्षिय प्रकाश धामी, २५ बर्षिय अशोक धामी, १६ बर्षिय निरज धामी, १६ बर्षिय सन्तोष धामी, ३१ बर्षिय राम बहादुर धामी रहेका छन् । चालक बुडखोरी बस्ने ।३० बर्षिय बिनोद बहादुर धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo