KhabarUjyalo

दशैको मुखमा बझाङमा ठूलो दुर्घटनाबाट जोगियो बस

३ कार्तिक २०८०, शुक्रबार
दशैको मुखमा बझाङमा ठूलो दुर्घटनाबाट जोगियो बस

धनगढी : धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो ।

यात्रु सकुशल रहेको स्थानिय नरेन्द्र उपाध्यायले बताए । चैनपुर पुग्दै लागेको सो बसमा १५ जना यात्रु रहेको बताए अहिले गाडी निकाल्ने प्रयास भैरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साघुरो भएका कारण बसको एउट पाङ्ग्रा लिक भन्दाबाहिर गएको र चालकलाई नियन्त्रणमा लिएर लापसे र मापसे चेकजाँच गरिने जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo