KhabarUjyalo

बझाङ केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भूकम्प

२ कार्तिक २०८०, बिहीबार
बझाङ केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भूकम्प

बझाङ–  बझाङमा केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ ।

गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो । लगातार भूकम्प जान थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo