KhabarUjyalo

धनगढीमा प्रहरीले चरेस र चितुवाको छालासहित प्रहरी हवल्दारसहित ३ जनालाई पक्राउ

१ कार्तिक २०८०, बुधबार
धनगढीमा प्रहरीले चरेस र चितुवाको छालासहित प्रहरी हवल्दारसहित ३ जनालाई पक्राउ

धनगढी । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले प्रहरी सहायक हवलदारसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

उनकाअनुसार उनीहरूको साथबाट प्लाष्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo