KhabarUjyalo

गेटामा आजबाट गेटा अस्पताल सञ्चालन हुँदै, यस्ता छन् सेवा

१ कार्तिक २०८०, बुधबार
गेटामा आजबाट गेटा अस्पताल सञ्चालन हुँदै, यस्ता छन् सेवा

धनगढी : कैलालीको गेटामा गेटा अस्पताल आजदेखि संचालमा हुन लागेको छ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै आजदेखि सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

अस्पतालमा तत्काल जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्स-रे सेवा, प्रयोगशाला सेवा  र फार्मेसी सेवा उपलब्ध हुनेछन्।

यसैगगरी अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा बिस्तार गर्ने जनाएको छ।

अहिले एक सय बेड बिस्तार गरिने गेटा अस्पतालमा क्रमिक रुपमा बेड संख्यासंगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाउने अस्पतालले जनाएको छ।

गेटा अस्पतालमा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo