काठमाडौ : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले पब्जी खेलको आयोजना गर्दै छ।
साइबर सर्कलले मंगलबार पत्रकार सम्मेलन गरेर युवा संघअन्तर्गतको साइबर सर्कल नेपालले पब्जी खेल आयोजना गर्न लागेको संयोजक अजित लामाले जानकारी दिए।
कात्तिक २५ गते आयोजना खेलमा पहिलो हुनेले दुई लाख, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ५० हजार रूपैयाँ प्राप्त गर्ने छ। उत्कृष्ट क्षमता प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रूपैयाँ प्रदान गरिने लामाले जानकारी दिए।
साइबर सर्कल सेन्टर नेपालको फेसबुक पेजमार्फत् आवेदन खुला गरिने पनि उनले जानकारी दिए।