KhabarUjyalo

झ्याप भएर अन्तर्वार्ता दिएर भाइरल बनेका सांसद बजगाईँ बिहान हेलिकप्टर लिएर गोरखा पुगे

३० आश्विन २०८०, मंगलवार
झ्याप भएर अन्तर्वार्ता दिएर भाइरल बनेका सांसद बजगाईँ बिहान हेलिकप्टर लिएर गोरखा पुगे

काठमाडौं, ३० असोज । मदिराको नसामा झ्याप भएर अन्तर्वार्ता दिएर भाइरल बनेका सांसद राजेन्द्र बजगाईं बिरामी लिन हेलिकप्टर लिएर गोरखा पुगेका छन् । बिरामी उद्धार प्रक्रियामा बिहान ८ बजेदेखि नै तल्लीन रहेको उनले बताएका छन् ।

निषेधित क्षेत्र गोरखाको साम्दोमा एयर डाइनेष्टी हेली सर्भिसेज प्रालिकोको हेलिकप्टर लिएर अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेका सांसद बजगाईं बिरामी उद्धारका लागि पुगेका हुन् ।

गृह मन्त्रालयबाट निषेधित क्षेत्रमा उडान अनुमत लिएर सांसद बजगाईं गोरखाको चुमनुब्री गाउँपालिकास्थित साम्दोमा पुगेको छन् । तर, गृह मन्त्रालयबाट निषेधित क्षेत्रमा उडान अनुमति दिँदा प्रयोजन खुलाइएको छैन ।

प्राइम टाइम टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग मदिरामा लट्ठ भएर अन्तरवार्ता दिएका सांसद बजगाईँ अहिले जताततै भाइरल छन् ।

नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo