KhabarUjyalo

केरावारीमा ‘तेस्रो मिनि म्याराथन’ सम्पन्न, विमान लिम्बू प्रथम

१८ आश्विन २०७९, मंगलवार
केरावारीमा ‘तेस्रो मिनि म्याराथन’ सम्पन्न, विमान लिम्बू प्रथम

केराबारी : केरावारीमा ‘तेस्रो मिनि म्याराथन’ सम्पन्न भएको छ । दशैं, दिपावली तथा छैठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसको भातृ संगठन तरुणदल केरावारीको आयोजनामा भएको ‘तेस्रो मिनि म्याराथन’ सम्पन्न भएको तरुण दल केरावारीका अध्यक्ष पप्पु साहले जानकारी दिए ।

स्वास्थका लागि दौड भन्दै सुरु भएको म्याराथनमा समग्र तर्फ विमान लिम्बू प्रथम भएका छन् । दोस्रो तर्फ अनिल परियार द्वितीय भएका छन् भने प्रकाश लिम्बू तृतीय भएको अध्यक्ष साहले जानकारी दिए । उनीहरुले प्रथम, द्वितीय र तृतीय क्रमशः १० हजार, ६ हजार र ४ हजार पुरस्कार प्रमाणपत्र सहित प्रदान गरिएको अध्यक्ष साहले जानकारी दिए ।

पुरुष तर्फ ३१ बर्षदेखि ४० बर्षसम्मको उमेरमा सन्जय राई, ४१ बर्षदेखि ५० बर्षसम्मको उमेरमा लालप्रसाद लिम्बू र ५१ बर्षमाथीको समुहमा टंक बहादुर बस्नेत विजेता भएका छन् ।

यस्तै महिला समुहतर्फ १० बर्षदेखि २० बर्षसम्मको उमेरमा सन्जु तामाङ , २१ बर्षदेखी ३० बर्षसम्म उमेरमा भगवती कालिकोटे र ३१ बर्षसम्म ४० बर्षसम्म उमेरमा सरिता खत्री विजेता भएकी छन् । प्रेत्यक बिजेतालाई २५ सय पुरुस्कार रहने अध्यक्ष साहले जानकारी दिए ।

उक्त म्याराथन प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा निवर्तमान केराबारी गाउँ पालिका अध्यक्ष रोहित कार्की बिशिष्ट अतिथि केराबारी गाउँ पालिका अध्यक्ष सुमन मिरिङचिङ, केन्द्रीय महाधिवेशन प्रतिनिधि खडक श्रेष्ठ सानू, तरुण दल जिल्ला सचिव सचिन साक्य, प्रदेश ख का कार्यवाहक सभापति मनोज खड्का लगायत विभिन्न पार्टी का प्रतिनिधिहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo