२० मंसिर २०७८, सोमबार

कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

१२ कार्तिक २०७८, शुक्रबार
कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

लन्डन । महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विज्ञहरुले बताउदै आएका छन् ।

खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या अझै पनि खोप लगाएको छैन् । त्यस्तै अन्य विकसित देशका विज्ञहरुले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सन्र्दभमा वेलायमा खोपको असरबारे एउटा अध्ययन भएको छ ।

अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुन्छ ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो । अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए ।

जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांग बारे सिन्ड्रोम (जीबीएस) देखिएको थियो । यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् । अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
7 Shares
Tweet
Share7
Share
Pin