२० मंसिर २०७८, सोमबार

प्रधानमन्त्री देउवा महेन्द्रनगरको भाइरल रोडमा

५ कार्तिक २०७८, शुक्रबार
प्रधानमन्त्री देउवा महेन्द्रनगरको भाइरल रोडमा

महेन्द्रनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीले गरेको क्षतिको निरीक्षण गरेका छन् । शुक्रबार बिहान हेलिकप्टर मार्फत महेन्द्रनगर पुगेका देउवाले महाकाली नदीले कटान गरेको भाइरल रोडको स्थलगत अवलोकन गरेर फर्किएका हुन्। निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढीले गरेको क्षतिको तथ्याङ्क संकलन गरेर गुरुयोजना बनाएर समस्याको समाधान गर्ने बताए। सुदूरपश्चिममा बाढी र पहिरोबाट पीडादायी भएको बताउँदै सरकारले त्यसको सम्बोधन स्पष्ट पारे। 

बिहीबार बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादनी पुगेर स्थलगत अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पुर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउद र बीरबहादुर बलायर समेत सहभागी छन्।

प्रधानमन्त्री देउवाले डोटी, बझाङ्ग, बैतडी, डडेल्धुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीबार साझँ कञ्चनपुर पुगेर स्थलगन जानकारी लिएका हुन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ नं. वडा र दोधारा चादँनीमा क्षति पुर्‍याएको थियो । बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्ग (भाइरल रोड)को केही भाग कटान गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
3 Shares
Tweet
Share3
Share
Pin