KhabarUjyalo

प्रचण्ड जिपलाइनरमा ‘सरर’

५ कार्तिक २०७८, शुक्रबार
प्रचण्ड जिपलाइनरमा ‘सरर’

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान जिपलाइनर गरेका छन् । पारिवारिक भ्रमणका क्रममा बिहीबार निस्किएका अध्यक्ष प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरेका हुन् । उनी नाति नातिनीसहित धुलिखेल पुगेका थिए ।

जिपलाइनको निक्कै मज्जा आएको बताउँदै उनले साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्ड बिहीबार मुड फ्रेश हुन भन्दै परिवारका साथ सुकुटे बीच पुगेका हुन् । सुकुटे पुग्नेवित्तिकै उनले केही मिनेट भोटेकोशीमा र्याप्टिङको मज्जा समेत लिएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo