५ कार्तिक २०७८, शुक्रबार

मेयर नृप वडले दसैंमा कैलाली कारागारका कैदीबन्दीलाई खसी उपहार

२७ आश्विन २०७८, बुधबार
मेयर नृप वडले दसैंमा कैलाली कारागारका कैदीबन्दीलाई खसी उपहार

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । मेयर वडले जिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई खसी उपहार दिएका हुन् ।

मेयर निर्वाचित भएदेखि नै उनले निरन्तर खसी दिँदै आएका छन् । विभिन्न अभियाेगमा कारागारमा रहेका व्यक्तिहरू आफन्तबाट टाढा रहने र चाडबाड खल्लाे हुने हुँदा दसैं खल्लो नहोस भनेर खसी दिइएकाे मेयर वडले बताए ।

विभिन्न अभियाेगमा जेलमा रहेका व्यक्तिहरूलाई आचरण सुधार गरेर सामाजिक जीवनमा फर्किन प्रेरणा मिलाेस् भनेर शुभकामनाका साथै आफूले वर्षेनि खसी उपहार दिने गरेको मेयर वडले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
173 Shares
Tweet
Share173
Share
Pin