५ कार्तिक २०७८, शुक्रबार

दसैंको मुखमा मुगुमा बज्रपात, दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

२६ आश्विन २०७८, मंगलवार
दसैंको मुखमा मुगुमा बज्रपात, दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

मुगु : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइतेमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको हवाइजहाजबाट उद्दार गरी उपचारका लागि नेपालगञ्ज लगिंदै थियो। तीमध्ये ८ जनाको मृत्यु भएको अन्नपूर्ण संवाददाता जीवन सेजुवालले जानकारी दिएका छन्।

घाइते एकजना बालिकाको भने जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

अहिले मृतकहरुको शव घटनास्थलबाट निकाल्ने काम भइरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
182 Shares
Tweet
Share182
Share
Pin