५ कार्तिक २०७८, शुक्रबार

मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुग्यो

२६ आश्विन २०७८, मंगलवार
मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुग्यो

सुर्खेत । मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो । घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।  उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ । उनीहरुको सनाखत गरेपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
31 Shares
Tweet
Share31
Share
Pin