५ कार्तिक २०७८, शुक्रबार

महिला संघ केराबारीले खोलाले बगाएर श्रीमान गुमाएको निरौलाको परिवारलाई आर्थिक सहयोग

२६ आश्विन २०७८, मंगलवार
महिला संघ केराबारीले खोलाले बगाएर श्रीमान गुमाएको निरौलाको परिवारलाई आर्थिक सहयोग

असोज २६,नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल महिला संघ केराबारीले श्रीमानलाई खोलाले बगाएको आसा तामाङ निरौलाको परिवारलाई आर्थिक सहयोग गरेको छ । दसैं पर्वलाई लक्षित गरि नेपाल महिला संघ केराबारीले केराबारी १० हाटखोलामा बस्द‌ै आएकी आसा तामाङ निरौलालाई २१ हजार पाँच रुपैया सहयोग गरेको हो ।

महिला संघको अभियान कर्ता रेनुका लिम्बू , इन्दिरा बाराल , उर्मिला सेन्चुरी, आशा लिम्बू साहको पहलमा निरौलाको परिवारलाई सहयोग गरेको केरावारी तरुणदलका अध्यक्ष पप्पु साहले जानकारी दिए ।

श्रीमानलाई खोलाले बगाएपछि परिवारलाई दैनिक खर्च चलाउन सकस रहेको थियो । महिला संघको सहयोगले निरौलाको परिवारलाई दसैंमा सहज भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
101 Shares
Tweet
Share101
Share
Pin