काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको अधिवेशनबाट गगन थापापक्षका सबै उम्मेदवार विजयी भएका छन्।
शनिबार सम्पन्न अधिवेशनबाट सबै पदाधिकारीमा गगनपक्षका उम्मेदवारहरु विजयी भएका हुन्।
सभापतिमा राजाराम बुढाथोकी, उपसभापतिमा सानुकान्छा श्रेष्ठ, सचिवमा विजेन्द्र श्रेष्ठ र सहसचिवमा कुमार खड्का विजयी भएका छन्।
काठमाडौंका पालिकाहरुमा प्रकाशमान सिंहसँग गठबन्धन रहे पनि यस नगरपालिकामा गगनको एकलौटी उम्मेदवार रहेका थिए।