KhabarUjyalo

ओलीले धोका दिएपछि मैले हेडक्वार्टरमा ‘बम’ गिराइदिएँः प्रचण्ड

१६ आश्विन २०७८, शनिबार
ओलीले धोका दिएपछि मैले हेडक्वार्टरमा ‘बम’ गिराइदिएँः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको बताएका छन् । उनले ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिए ।

माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले पेश गरेको डकुमेन्ट भनेको बमवार्ड द हेडक्वाटर’ हो । जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ ।’

उनले थपे, ‘एउटा प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै थियो । जे पनि हुन सक्थ्यो । तर, देश दुर्घटनामा पर्न नदिन मैले त्यो गर्नैपर्ने थियो ।’

ओली प्रधानमन्त्री छँदा ३ वर्ष आफूलाई बालुवाटारको बन्दी भएको अनुभव भएको प्रचण्डले सुनाए ।

उनले भने, ‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ । माओवादी आन्दोलनको, जनयुद्धको कमाण्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला ! म मौकाको पर्खाइमा थिएँ । जब अ‍ोलीले प्रतिनिधिसभा विघटन गरिदिए, म मुक्त भएजस्तो लाग्यो । म धकेलिएर सडकमा आइपुगेँ ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo