KhabarUjyalo

भाग्यलक्ष्मीले दुई छोरीको मृत्यु भएकै दिन जुम्ल्याहा बच्चा जन्माइन् !

१६ आश्विन २०७८, शनिबार
भाग्यलक्ष्मीले दुई छोरीको मृत्यु भएकै दिन जुम्ल्याहा बच्चा जन्माइन् !

भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा नातेदार, छिमेकी र पत्रकारहरूको भिड लागेको छ। भाग्यलक्ष्मीले दुई छोरीको मृत्यु भएकै दिन जुम्ल्याहा बच्चा जन्माइन् ।

जुम्ल्याहा बच्चा जन्माएपछि उनी चर्चित बनेकी हुन्।

“मेरा बच्चाहरूले पुनर्जन्म लिएको मलाई विश्वास छ। होइन भने कसरी मेरो दुई छोरीको मृत्यु भएकै दिन मेरो जुम्ल्याहा बच्चा जन्मिन्छ,” भाग्यलक्ष्मी भन्छिन्।

उनले सेप्टेम्बर १५ मा जुम्ल्याहा जन्माएकी हुन्। दुई वर्षअघि यही दिन उनले दुई छोरीहरू (तीन वर्षीया र डेढ वर्षीया) लाई डुङ्गा दुर्घटनामा गुमाएकी थिइन्। सो दुर्घटनामा उनका अन्य नातेदारको पनि मृत्यु भएको थियो।

“अनौठो कुरो त यी जुम्ल्याहा बेलुकी ८ बजेतिर जन्मिएका हुन्। दुई वर्षअघि त्यही समयमा मैले मेरी छोरीहरूले संसार छोडेको खबर पाएकी थिएँ।”

गीता वैष्णवी र धर्ती अनन्याले डुङ्गा दुर्घटनामा ज्यान गुमाए
तस्बिरको क्याप्शन,गीता वैष्णवी र धर्ती अनन्याले डुङ्गा दुर्घटनामा ज्यान गुमाए

जुम्ल्याहाको जन्मले दुई छोरी गुमाउनुको पीडा बिर्साउने परिवारले आशा गरेको छ।

“भगवान्‌ले हाम्रो प्रार्थना सुनेर मलाई मेरा बच्चाहरू फिर्ता दिए,” भाग्यलक्ष्मी भन्छिन्।

उनी गरिब परिवारकी हुन् र उनको विवाह कानुनले तोकेको १८ वर्ष उमेर पुग्नुअघि नै भएको हो।

उनको पति सिसाको सामान बनाउने काम गर्छन्। तर अहिले यी दुवै आफ्नो सबै समय जुम्ल्याहासँग बिताइरहेका छन्।

डुङ्गा दुर्घटनामा ६० जनाको ज्यान गएको थियो
तस्बिरको क्याप्शन,डुङ्गा दुर्घटनामा ६० जनाको ज्यान गएको थियो

 नातेदारले पनि परिवारका सदस्यले गुमाएका कारण सान्त्वना दिने पनि कोही थिएन।

“म खान, सुत्न र आराम गर्न पनि सकिनँ। मलाई उनीहरू मात्रै सम्झना आइरहन्थ्यो। आँखा चिम्लियो कि मलाई छोरीहरू र नातेदारको सम्झना आउँथ्यो।”

“म चुप भएँ। मेरो घर पनि सुनसान भयो,” उनी भन्छिन्।

भाग्यलक्ष्मीको परिवार दैनिक कामकाजमा मेसिन जस्तै बने। चाडपर्व र उत्सवहरूको रहर रहेन।

भाग्यलक्ष्मीले कान्छी छोरी पाएपछि परिवार नियोजन गरेकी थिइन्। त्यसैले उनलाई फेरि बच्चा पाउन सक्ने विश्वास थिएन।

भाग्यलक्ष्मीका देवरले एक पटक चिकित्सकसँग सल्लाह गर्न भनेपछि उनीहरूले डा. पद्मश्रीलाई भेटे।

“उनी सधैँ निरस, निरुत्साहित र जीवनमा रुचि नभए जस्तो देखिन्थिन्,” डा. पद्मश्री सम्झिन्छिन्।

चिकित्सकले उनीहरूलाई आईभीएफ टेस्टट्यूब उपचार गरे बच्चा पाउन सकिने बताए।

“भाग्यलक्ष्मी युवा नै थिइन र मलाई विश्वास थियो कि उनी गर्भधारण गर्न सक्छिन्,” डा. पद्मश्रीले भनिन्।

यसले दम्पतीलाई आशा दियो। भाग्यलक्ष्मीका पतिले दिनमा एक हजार रुपैयाँ कमाउँथे। तर उनीहरूले उपचारका लागि पैसा जम्मा गरे।

डा. पद्मश्रीका अनुसार उपचार सुरु गरेको एक महिनामै भाग्यलक्ष्मी गर्भवती भइन्। बिबिसिबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo