KhabarUjyalo

सामूहिकता र संगठनात्मक प्रणाली बचाउन नसके एमाले संकटमा : घनश्याम भुसाल

१६ आश्विन २०७८, शनिबार
सामूहिकता र संगठनात्मक प्रणाली बचाउन नसके एमाले संकटमा : घनश्याम भुसाल

काठमाडौं- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सामूहिकता र संगठनात्मक प्रणाली बचाउन नसके एमाले संकटमा पर्ने बताएका छन्।

सामूहिकता र संगठनात्मक प्रणाली बचाउन सके हामीहरुलाई कसैले हराउन नसक्ने उनको भनाइ छ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘नेकपा एमालेको जीवनशक्ति सामूहिकता र संगठनात्मक प्रणाली थियो। त्यसलाई बचाउन सकिएन भने अरू कुनै चीजले हामीलाई बचाउन सक्दैन। यति कुरा बुझ्न सक्यौं भने हामीलाई कसैले हराउन सक्दैन।’

पछिल्लो समय नेकपा एमाले व्यक्ति केन्द्रित बन्दै गएको आरोप लागिरहँदा भुसालले यस्तो बताएका हुन्। शुक्रबारबाट सुरु एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको ‘देवत्वकरण’ गरिएको भन्दै आलोचना भइरहेको छ।

विधान महाधिवेशनमा पोलिटब्यूरो सदस्य, वरिष्ठ नेता, उपमहासचिव र वैकल्पिक केन्द्रीय सदस्य पद कटौती गर्ने प्रस्ताव गरिएपछि उनले सामाजिक सञ्जालमार्फत सामूहिकता र संगठनात्मक प्रणाली बचाउन नसके एमाले संकटमा पर्ने जनाएका हुन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo