KhabarUjyalo

बैतडीको एक विद्यालयमा शिक्षक र बिद्यार्थीमा कोरोना संक्रमण

१६ आश्विन २०७८, शनिबार
बैतडीको एक विद्यालयमा शिक्षक र बिद्यार्थीमा कोरोना संक्रमण

बैतडी : बैतडीको एक विद्यालयमा शिक्षक र बिद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर नमुना माविका बिद्यालयमा एक जना शिक्षक र एक जना बिद्यार्थीमा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएका शिक्षक र बिद्यार्थी होम आइसोलेसनमा राखिएको छ ।

शिक्षक र बिद्यार्थीमा कोरोना देखिएपछि तत्कालै बिद्यालय बन्द गर्न सकिने अवस्था नरहेको पनि बिद्यालयले जनाएको छ । लक्षण सहितका थप संक्रमित भेटिएपछि मात्रै बिद्यालय बन्द गरिने जनाइएको छ । कोरोना पुष्टि भएका दुबैको सम्पर्कमा आएका शिक्षक बिद्यार्थी गरी १ सय ६ जनोको स्वाब संकलन गरिएकोमा २५ जनाको रिर्पाेट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाकी रहेको विद्यालयले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo