KhabarUjyalo

प्रधानमन्त्रीद्वारा ग्यालेक्सी फोरकेको शुभारम्भ,सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैन

१६ आश्विन २०७८, शनिबार
प्रधानमन्त्रीद्वारा ग्यालेक्सी फोरकेको शुभारम्भ,सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे । 

उनले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवाद दिए ।

शुक्रबारदेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण शुरु गरेको छ । चर्चित सन्चारकर्मी रवि लामिछाने लगायतले उक्त टेलिभिजन संचालनमा ल्याएका हुन् ।

टिभीमा चर्चित रियालीटी शोदेखि समाचार प्रस्तुतिमा नयाँ शैली अपनाउने त्यस अवसरमा जानकारी दिइयो । टेलिभिजनका अध्यक्ष जिवी राईले उच्चतम प्रविधिबाट गुणस्तरीय सामग्री प्रस्तुत गर्ने जानकारी दिँदै सञ्चारकर्मीको हित र उनीहरुको सेवा सुविधामा पनि कुनै कन्जुस्याइ नगरिने दावी गरे ।

सही सूचना र मर्यादित मनोरञ्जन दिने आफूहरुको उद्देश्य रहेको भन्दै अध्यक्ष राईले सकारात्मक सूचनाको पक्षमा आफूहरु रहेको बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo