बाजुरा। बाजुरमा नेपाली कांग्रेसका कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजेल बोर्डमाथी तोडफोड भएको प्रहरीले जनाएको हो ।
बाजुरा प्रहरीका अनुसार उक्त तोडफोडमा नेपाली कांग्रेशका कार्यकर्ता सामेल रहेका छन् । गय राती कांग्रेशका कार्यकर्ताले मतदान स्थलमा एम्बुलेन्समाथी ढुंगा प्रहार र डिजेल बोर्ड तोडफोट गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुइजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । तोडफोडमा संलग्न गोरख राउले र विरेन्द्र ऐरीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ