KhabarUjyalo

भारतमा अछामकी एक महिला मृत फेला

१५ आश्विन २०७८, शुक्रबार
भारतमा अछामकी एक महिला मृत फेला

धनगढी, १५ असोज । भारतमा अछामकी एक महिला मृत फेला परेकी छिन्। मंगलबार अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाकी चैतीदेवी साउद मृत फेला परेकी हुन्।

दिल्लीको छतरपुरमा बस्दै आएकी उनका श्रीमानलाई अर्जुन साउदलाई हत्या आशंकामा पक्राउ गरिएको छ। राति रक्सी सेवन गरी घाटीमा धारिलो चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोप उनीमाथि लागेको छ।

मृतकका श्रीमान साउदको अर्कै महिलासँग रहेको सम्बन्धका कारण पारिवारिक झै(झगडा हुने गरेको सामाजिक अभियानकर्ता तिलक रावलले जानकारी दिए।

महिलाको शव दिल्लीको सत्रजङ्ग अस्पतालमा रहेको उनले बताए। मृतक महिलाका २ छोरा र १ छोरी रहेका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo