KhabarUjyalo

गायिका इन्दिरा जोशीको फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट

८ आश्विन २०७८, शुक्रबार
गायिका इन्दिरा जोशीको फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् । 

जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।

उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी  थिइनन् । उसो त उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् । 

उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo