KhabarUjyalo

धनगढी नगरको अनियमितताबारे फेसबुकमा कमेण्ट गरेकै कारण वडले दिए ज्यान मार्ने धम्की !

७ आश्विन २०७८, बिहीबार
धनगढी नगरको अनियमितताबारे फेसबुकमा कमेण्ट गरेकै कारण वडले दिए ज्यान मार्ने धम्की !

धनगढीः धनगढीका युवा नरेन्द्र साउदले सामाजिक सञ्जाल फेसबुकमा धनगढी उपमहानगरपालिकाको अनियमितताबारे कमेण्ट गरेकै कारण धनगढीका निखिल वडले ज्यान मार्ने धम्की दिएका छन्। उपमहानगरपालिकाको वडा नम्बर ६ बस्ने वडले अश्लिल गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका हुन्। धनगढीका युवा नरेन्द्र साउदले सामाजिक सञ्जाल फेसबुकमा धनगढी उपमहानगरपालिकाको अनियमितताबारे कमेण्ट गरेकै कारण वडले ज्यान मार्ने धम्की दिएको बताएका हुन्। 

उपमहानगरपालिकाले साइकल खरिदमा पनि भ्रष्टाचार गरेको सम्बन्धि पूर्वसचिव भीम उपाध्यायले स्टाटस लेखेपछि साउदले सोही स्टाटस एक जना काँग्रेस नेताको फेसबुकमा कमेन्ट गरेका थिए। उक्त कमेन्टपछि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका छोरा निखिलले लगातार ज्यान मार्ने धम्की दिइरहेको साउदले बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo