KhabarUjyalo

दिनेशखबरका सम्पादक नवराज पनेरुलाई ज्यान मार्ने धम्की दिने बिष्ट पक्राउ

७ आश्विन २०७८, बिहीबार
दिनेशखबरका सम्पादक नवराज पनेरुलाई ज्यान मार्ने धम्की दिने बिष्ट पक्राउ

धनगढी : दिनेशखबरका सम्पादक नवराज पनेरुलाई गालीगलौजसहित ज्यान मार्ने धम्की दिने बिपिन बिष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाजुराको बढिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टका श्रीमान विपिन पक्राउ परेका हुन्।

न्यूज एजेन्सीमा आएको समाचार प्रकाशित भएको विषयलाई लिएर बिष्टले पनेरुलाई ज्यान मार्ने धम्की दिएका थिए। महालेखा परीक्षणको प्रतिवेदनअनुसार बाजुराबाटै न्यूज कारखानामा लेखिएको समाचार मंगलबार प्रकाशित गरेकै आधारमा विष्टले अश्लिल गाली गर्दै सम्पादक पनेरुलाई ज्यान मार्ने सम्मको धम्की दिएका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo