KhabarUjyalo

डडेल्धुरामा प्रहरी लगाएर वडा अधिवेशन अब गुन्डागर्दी पनि सुरु भयो : कोइराला

७ आश्विन २०७८, बिहीबार
डडेल्धुरामा प्रहरी लगाएर वडा अधिवेशन अब गुन्डागर्दी पनि सुरु भयो : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कब्जा गर्न संस्थापन पक्षले अभियान नै सुरु गरेको आरोप लगाएका छन् ।

प्रदेश नम्बर–२ का मन्त्रीले वडाध्यक्षमाथि सानेपास्थिति पार्टी केन्द्रीय कार्यालयमै हातपात गरेको भन्दै विरोधका लागि आज सानेपा पुगेका नेता कोइरालाले संस्थापन पक्षले जस्तासुकै हर्कत गर्न पनि अप्ठेरो मान्न छोडेको जिकिर गरे ।

“प्रदेशको–२ का आठ जिल्लमा क्रियाशील सदस्यता पुग्न सकेको छैन । सर्लाहीका लागि हरेक दिन क्रियाशीलको विषयमा बिहान, दिउँसो, बेलुका अर्कै निर्णय भइरहेका छन्,” नेता कोइरालाले भने, “पार्टी कब्जा गर्ने नाममा जुन गुन्डागर्दी भएको छ, यो मान्य छैन ।”

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा प्रहरी लगाएर वडा अधिवेशन कब्जा गरिएको र अब गुन्डागर्दी सुरु गरेको उनको भनाइ छ ।

“आफ्नै जिल्ला डडेलधुरामा पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरियो, कांग्रेसको ७५ वर्षे इतिहासमा कहिल्यै यस्तो भएको थिएन,” उनले भने, “सर्लाहीका विषयमा भएको घटना कहिल्यै स्वीकार्य हुन्न ।”

उनले डडेलधुरा र सर्लाहीका सन्दर्भमा गरिएका दुवै घटनाको उद्देश्य असली कार्यकर्तालाई हतोत्साही बनाउने रहेको भन्दै यसबाट विचलित नहुन आग्रह गरे ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo