काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ । चार उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिव रहनेगरी पदाधिकारीको टुंगो लागेको केन्द्रीय सदस्य चूडामणि जंगलीले लोकान्तरलाई जानकारी दिए ।
उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई छन् । महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । यस्तै उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन भएका छन् ।
सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ चयन भएको एक नेताले बताए । नेकपा एमालेमा पोलिटब्युरो सदस्य रहेका नेतालाई नेकपा एसमा स्थायी कमिटी र आठौं र नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचितलाई पोलिटब्युरो सदस्य बनाउने सहमति भएको केन्द्रीय सदस्य जंगलीले बताए ।