बैतडी : बैतडीको सुर्नया गाउँपालिका ४ मा एक पुरुष मृत फेला परेका छन् । सोही वडाको लेकडाणा घर भई सन्सेरीमाण्डौमा ब्यावसाय गर्दै आएका अन्ताजी ५५ वर्षीय कमल सिह महरा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार आज बिहान शरीरमा घाउ भएको अवस्थामा संसेरी माण्डौकै एक पसल अगाडी उनको शव फेला परेको हो । उनको हत्या भएको आसंका गरिएको छ । इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।