KhabarUjyalo

कांग्रेस महाधिवेशनमा युवाको हस्तक्षेपी सहभागिता, कांग्रेसका हस्ती भनिएकाहरू वडामै पराजित

७ आश्विन २०७८, बिहीबार
कांग्रेस महाधिवेशनमा युवाको हस्तक्षेपी सहभागिता, कांग्रेसका हस्ती भनिएकाहरू वडामै पराजित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दोस्रो चरणको वडा अधिवेशन सम्पन्न भएको छ । मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन सम्पन्न भएको हो ।

अहिलेसम्म अधिवेशन सम्पन्न भएका धेरै वडामा युवा वर्चस्व देखिएको छ ।

थियो भने यसअघि ५७ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । भर्खरै विद्यार्थी राजनीतिमा पाइला टेक्दै गरेको पुस्ता क्षेत्रीय प्रतिनिधि भएर आउँदा कांग्रेसका हस्ती भनिएकाहरू भने पराजित भइरहेका छन् ।

सिन्धुपाल्चोकमा नेपाल विद्यार्थी संघका महामन्त्रीदेखि पार्टीका पूर्वसभापतिसम्मले पराजय व्यहोर्दै गर्दा युवापुस्ताहरू निर्वाचित भएका छन् । मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ९० वडामा अधिवेशन सम्पन्न भएका थिए । समग्र वडाको नतिजा केलाउँदा करिब ८० प्रतिशत वडामा युवा सभापति चयन भएका छन् ।

जबकि कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति भूपेन्द्रबहादुर थापाजस्ता नेताहरू वडामै पराजित भए । त्यस्तै, नेविसंघका महामन्त्री बलदेव तिमिल्सनाको पनि वडा तहबाटै १४औँ महाधिवेशन यात्रा टुंगो लागेको छ । सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालले पनि वडा तहमै पराजय बेहोर्नुपर्‍यो ।

बाँकी १३ जिल्लामा भने क्रियाशील सदस्यताको विवाद नटुंगिदा अधिवेशन हुन सकेको छैन ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo