बर्दिया – बर्दियामा एमाले अध्यक्ष केपी ओलीको भाषण सुन्न कार्यकर्ता ओईरिएका छन् । अध्यक्ष ओलीको भाषण सुन्न हलभित्र कार्यकर्ता नअटाएपछि बाहिर समेत डिजिटल स्क्रिन राखिएको थियो ।
ओलीले भने, ‘जबसम्म जनताको हातमा मतपत्र पर्दैन। तबसम्म मात्रै परमादेश सरकार रहन्छ। जनताका हातमा मतपत्र परेपछि मात्र विपक्षी दलले परमादेश होइन जनादेशको महत्व बुझ्छन्।’ आगामी चुनावमा जनताले आफूप्रति गरेको विश्वास परीक्षा हुनेसमेत बताए।
आफ्नो सरकारले विकास निर्माणको कार्य तीव्र गतिमा अगाडि बढाएको बताउँदै तत्कालीन सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनताका काम गर्न आनाकानी गरेको पनि आरोप लगाए।