KhabarUjyalo

दु:खी हुँदै गच्छदारले भने-‘यति लामो समय मन्त्री भए मेरो काठमाडौंमा घरसमेत छैन।’

६ आश्विन २०७८, बुधबार
दु:खी हुँदै गच्छदारले भने-‘यति लामो समय मन्त्री भए मेरो काठमाडौंमा घरसमेत छैन।’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले राष्ट्रलाई हानी पुग्ने र आफूलाई मात्र लाभ हुन गरी कुनै गैरकानूनी काम नगरेको दावी गरेका छन् ।

आफू पटक-पटक उपप्रधानमन्त्री भए पनि कानूनले दिएको सुविधाबाहेक कुनै लाभ नलिएको उनको स्पष्टीकरण छ । आज पत्रकारहरूमाझ कुरा गर्दै गच्छदारले काठमाडौंमा आफू भाडाको घरमा बसिरहेको बताए ।

उनले भने, ‘यति लामो समय मन्त्री भएको नेताको काठमाडौंमा बास बस्ने आफ्नो निजी निवास पनि नभएको र भाडाको घरमा बसिरहेको कुरा सुन्दा यहाँहरूलाई आश्चर्य पनि लाग्न सक्ला तर यथार्थ यही हो ।’

उनले आफ्नो जीवन खुल्ला किताबजस्तो भएको बताए । ५० वर्षका अनवरत राजनीतिक यात्रामा आफूले कठोरभन्दा कठोर दिनहरूसँग जुधेको भन्दै उनले आफूमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएको दावी गरे ।

‘बुढी मरी भन्दा पनि काल पल्किने डर छ,’ उनले भने, ‘यदि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले ममाथि भएको अन्यायविरुद्ध आवाज उठाएनन् भने भोलि अरुमाथि पनि यस्तै षड्यन्त्रका तानावानाहरू बुनिनेछन् ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo