KhabarUjyalo

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिए शपथ

६ आश्विन २०७८, बुधबार
नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिए शपथ

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा डा. खड्कालाई बुधबार नै राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी थिइन् । खड्काले शपथपछि बुधबारै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन् । त्यसपछि उनी नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo