KhabarUjyalo

नयाँ परराष्ट्रमन्त्री आजै नियुक्ति, आजै सपथ, आजै न्यूयोर्क

६ आश्विन २०७८, बुधबार
नयाँ परराष्ट्रमन्त्री आजै नियुक्ति, आजै सपथ, आजै न्यूयोर्क

काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार परराष्ट्रमन्त्रीमा खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइएको छ । राष्ट्रपतिले आजै खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउने तयारी गरेका छन् ।

कार्यभार सम्हालेलगत्तै मन्त्री खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo