KhabarUjyalo

गन्यापधुरा गाउँपालिकाको सचिव पदमा हिक्मत मालीको उम्मेदवारी घोषणा

६ आश्विन २०७८, बुधबार
गन्यापधुरा गाउँपालिकाको सचिव पदमा हिक्मत मालीको उम्मेदवारी घोषणा

डडेल्धुरा : नेपाली काँग्रेस १४ औं महाधिवेशनमा गन्यापधुरा गाउँ कार्य समितिको सचिव पदमा हिक्मत मालीले उम्मेद्बारी घोषणा गरेका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको गृह गाउँपालिकाको पार्टी सचिव पदमा मालीले उम्मेदवारी दिएका हुन् ।

‘अग्रजलाई सम्मान, युवालाई अवसर’ भन्ने नारालाई अनुसरण गर्दै मालीले गन्यापधुरा गाउँ कार्य समितिको सचिवमा उम्मेद्बारी घोषणा गरेका छन् ।

गन्यापधुरा गाउँ कार्य समितीको प्रथम अधिवेशनमा गन्यापधुरा गाउँ कार्य समितिको सचिव पदमा आफुलाई अत्यधिक मत दिएर बिजय गराईदिन आग्रह गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo