KhabarUjyalo

पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदीबहिनीको गयो ज्यान

६ आश्विन २०७८, बुधबार
पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदीबहिनीको गयो ज्यान

काठमाडौँ – अविरल वर्षापछिको पहिरोले घर पुरिँदा गुल्मीमा तीन दिदीबहिनीको मृत्यु भएको छ । रेसुंगा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको प्रहरीले बताएको छ । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो । पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएका थिए । प्रहरी टोलीले पुरिएको कोठाबाट शव निकालेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo