काठमाडौं -सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा मंगलबार साँझ साढे ६ बजेदेखि सुरु भएको बैठक भर्खरै सकिएको हो ।
बैठकले परराष्ट्र मन्त्री नेपाली काँग्रेसका नेता डा नारायण खड्कालाई बनाउने निर्णय गरेको छ । मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मंगलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उनले भोलि पद तथा गोपनियताको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ । अन्य मन्त्रालयबारे गठबन्धनका दलहरुबीच कुनै सहमति हुन सकेको छैन ।
मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउबाबीच गठबन्धनमा रहेका चार दलहरुको बैठक डाक्ने छलफल भएको थियो । लामो समय बितिसक्दा पनि मन्त्रीमण्डल पुरा गर्न नसक्दा सत्तारुढ गठबन्धनको चौतर्फी आलोचना भएको छ ।