५ असाेज, पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले एमाले विभाजन नभएको दावी गर्दै उनले माधवकुमार नेपाल एमालेको अवैध सन्तान भएको आरोप लगाए । ‘एमाले फुटेको होइन, काँचुली फेरेको हो । हरेक वसन्तमा नयाँ पात पलाउँछ । एमालेबाट केही मान्छे गए, हामीले काँचुली फेर्यौं,’ उनले भने, ‘कसैलाई एमालेको नाम सुन्दा नाक छोप्नुपर्ने भएको छ रे । माधव नेपाल त्यसो भए माधव नेपाल अवैध सन्तान हुन् ? आफैलाई जन्माएको बाउआमा नचिन्ने कुपुत्र हुन् ?’ उनले संसद अवरोध कायम रहने पनि स्पष्ट पारे ।